काठमाडौं–नेपाल प्रहरीमा जागिर खोजिरहेका युवाहरूका लागि ठूलो अवसर खुलेको छ। प्रहरी जवान पदमा १,८४२ जनाको नयाँ भर्ना खुला गरिएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै यसअघि खुला गरिएको १,१६५ पदमा थप ६७७ पद समावेश गरिएको जानकारी दिएको छ। सो अनुसार अब अझ धेरै युवाहरूलाई प्रहरी सेवामा प्रवेशको ढोका खुलेको छ।

सूचनामा उल्लेख भएअनुसार थप पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि समावेश गरिएको हो।

वर्गीकृत पद विवरण यसप्रकार छ:

  • खुला प्रतिस्पर्धा: ९९३ जना
  • आदिवासी/जनजाति: २६० जना
  • मधेसी: २२८ जना
  • महिला: १६२ जना
  • दलित: १२२ जना
  • पिछडिएको क्षेत्र: ४० जना
  • अमर अशक्त प्रहरी परिवार: ३७ जना

नयाँ पद संख्या थपिएसँगै सरकारी सेवामा प्रवेश गर्न चाहने हजारौं युवाका लागि नयाँ अवसर सिर्जना भएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आवेदन दिएर प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय