काठमाडौँ —लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले छलफलका लागि बोलाएको छ।

गत मङ्गलबार प्रसारित शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा व्यङ्ग्य गरिएको विषयलाई लिएर स्वकीय सचिव अरुण लम्सालमार्फत निर्देशक भण्डारीलाई बोलाइएको हो।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी अतिथि थिए। कमेडियन सुमन कार्कीले प्रधानमन्त्री ओलीको पात्र निभाएका थिए भने अन्य कमेडियनहरूले पनि विभिन्न नेताहरूको भूमिकामा राजनीतिक सन्देशसहित हास्य प्रस्तुत गरेका थिए।

निर्देशक भण्डारीले भेटमा औपचारिकताको ढाँचामा सामान्य कुराकानी भएको जानकारी दिएका छन्। साथै, नयाँ कार्यक्रमबारे केही छलफल पनि भएको उनले बताए। तथापि, अन्त्यमा प्रधानमन्त्रीज्यूप्रति व्यङ्ग्य प्रस्तुत गर्दा बढी ‘गम्भीर’ हुन सुझाव दिइएको भण्डारीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय