काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध समाचार प्रसारणको आधारमा पक्राउ पुर्जी जारी गरिएको घटना र नेपालखबर तथा बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन सरकारद्वारा दिइएको आदेशप्रति नेकपा (माओवादी केन्द्र) ले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता तथा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत छ।”

माओवादी केन्द्रले प्रेसमाथि दमन हुने कुनै पनि गतिविधिको विरोध गर्ने चेतावनी पनि दिएको छ। पार्टीले लोकतान्त्रिक व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय