
काठमाडौं — राजधानीको व्यस्त सडक थापाथली चोकमा ड्युटीमा खटिएकी एक ट्राफिक प्रहरी जवानलाई बिहीबार बिहान टेम्पोले ठक्कर दिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार, ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई बा १ घ ४१८८ नम्बरको टेम्पोले ठक्कर दिएको हो।

उक्त टेम्पो त्रिपुरेश्वरबाट ललितपुरतर्फ गइरहेको थियो। टेम्पोको ठक्करबाट घाइते भएकी जवान शाहलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ।
प्रहरीले टेम्पो र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।



