
ललितपुर – बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२७, सुनाकोठी बसोबास गर्दै आएका तनहुँ व्यास नगरपालिका–३, दमौली घर भएका ५१ वर्षीय सूर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका–२, बसन्त कोलोनीमा बस्दै आएकी नुवाकोट शिवपुरी गाउँपालिका–३ की ४० वर्षीया सानुमाया लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले फरार रहेका श्रेष्ठलाई ललितपुरको सुनाकोठी र लामालाई तारकेश्वरको बसन्त कोलोनीबाट पक्राउ गरेको हो।

दुवैजनामाथि बैंकिङ कसुरअन्तर्गत अदालतमा दर्ता भएको मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका आरोप छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।



