चितवन — कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट सखुवाका अन्दाजी ३५ वर्षीय रामनारायण यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ स्थित चौध किलोमा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा चालक यादव र सहचालक दुबै जना घाइते भएका थिए। चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको छ।

सहचालक, रौतहट गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय