काठमाण्डौं— जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा देउमाई नगरपालिका सभा हलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता तथा देउमाई नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासनिक अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा वडा सदस्यहरू, संघसंस्थाका प्रतिनिधि, होटल व्यवसायी, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

सुनुवाई कार्यक्रममा सहभागीहरूबाट प्राप्त सेवा प्रवाह, नागरिकका चासो, गुनासा र जिज्ञासासम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोईरालाले सम्बोधन गरे।

कार्यक्रम समापनपछि एसपी कोईरालाले सोही दिन इलाका प्रहरी कार्यालय मंगलबारे इलामको निरीक्षण गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन प्रदान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय