काठमाण्डौं— सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्द रहेको गीत ए मायालु सार्वजनिक भएको छ। गीतमा गायक सुगम पोखरेलले स्वर दिएका छन् भने सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेले संगीत भरेका छन्।

गीतको भिडियो दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन्। छायांकन अजय रेग्मीले गरेका छन् भने ड्रोन टार्जन लिम्बूले सञ्चालन गरेका छन्। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् भने एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

उक्त भिडियोमा कलाकार आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

▶️ हेर्नुहोस्: ए मायालु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय