काठमाडौं — होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौं प्रहरीले २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने, स्वरूप परिवर्तन गर्ने तथा तीव्र गतिमा चलाइएका सवारीहरूलाई समेत नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ५ वटा चारपांग्रे र १३८ वटा दुईपांग्रे गरी कुल १४३ वटा रहेका छन्। ती सवारी साधन प्रक्रिया पूरा गरी बेलुका भित्र सम्बन्धित धनीलाई जिम्मा लगाइने जनाइएको छ। साथै, नियन्त्रणमा परेका २४ जनालाई पनि आजै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय