काठमाडौं — सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि दरखास्त आह्वान गरेको छ।

आज जारी गरिएको सूचनाअनुसार, ८ जना कानुनतर्फ र २० जना लेखातर्फ गरी कुल २८ पदका लागि आवेदन खुलाइएको हो।

सशस्त्र प्रहरीका अनुसार, इच्छुक उम्मेदवारहरूले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै, चैत २२ गतेसम्म आवेदक स्वयं उपस्थित भई सक्कल प्रमाणपत्रसहित दरखास्त बुझाउनुपर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय