काठमाण्डौं— सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत रहेकी छन्। सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्।

ब्यारेकको महिला शौचालय नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ।

२०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा भर्ना भएकी महतले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यसपछि २०८१ सालमा इन्स्पेक्टरमा उतीर्ण भएर तालिम गरिरहेकी थिइन्।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्र प्रहरीकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो। तर सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय