
काठमाडौं — बल्खुको तरकारी बजार नजिक मृत फेला परेका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
अनुसन्धानको क्रममा पक्राउ परेकाहरू सबै ज्यामी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ।

बल्खुस्थित मोहन बस्नेतको एकतले टिनको टहरामा डेरा गरी बस्ने मकवानपुरका रामकृष्ण दाहाल मृत फेला परेका थिए।



