
झापा— झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।
ब्यारेकको तीनतले भवनको माथिल्लो तलामा रहेको पानीको ट्यांकी जाने फलामको भर्याङमा सई धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

मृतक खतिवडाको स्थायी घर भोजपुरको टैम्केमैयुङ गाउँपालिका-४ भए पनि उनी मोरङको कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए।
उनको मृत्यु कहिले भएको भन्ने खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतकका आफन्तलाई जानकारी दिइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको थप अनुसन्धान जारी छ।



