काठमाण्डौं— चुम्बन केवल प्रेम अभिव्यक्त गर्ने माध्यम मात्र होइन, यसका विभिन्न स्वास्थ्य लाभहरू पनि छन्। वैज्ञानिक अध्ययनहरूका अनुसार, चुम्बन गर्दा शरीरमा विभिन्न सकारात्मक परिवर्तनहरू हुन्छन्, जसले मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

चुम्बनका स्वास्थ्य लाभहरू:

खुसीको हर्मोन वृद्धि: चुम्बन गर्दा मस्तिष्कबाट विभिन्न प्रकारका केमिकल निस्कन्छन्, जसले ‘ह्याप्पी हर्मोन’ को स्तर बढाएर मन प्रसन्न बनाउँछ।

रक्तसञ्चार सुधार: चुम्बन गर्दा मुटुको धड्कन बढ्ने भएकाले शरीरभरि रगतको उचित प्रवाह हुन्छ, जसले विभिन्न रोगको जोखिम कम गर्छ।

पीडा निवारण: शरीरमा रक्तसञ्चार बढ्दा टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्याहरू कम हुन्छन्।

दाँतको सुरक्षामा मद्दत: चुम्बन गर्दा ‘साल्भिया’ नामक तत्वको उत्पादन बढ्छ, जसले मुखमा रहेका ब्याक्टेरियालाई नष्ट गर्न मद्दत गर्छ।

क्यालोरी घटाउने प्रभाव: एक मिनेटसम्म चुम्बन गर्दा २ देखि ६ क्यालोरीसम्म नष्ट गर्न सकिन्छ, जसले तौल नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ।

थकान र तनाव कम गर्छ: चुम्बन गर्दा शरीरमा ‘कोर्टिसोल’ हर्मोनको मात्रा घट्छ, जुन तनाव कम गर्न मद्दत गर्ने महत्वपूर्ण तत्व हो।

रक्तचाप नियन्त्रण: नियमित चुम्बनले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ।

किस डे’ को विशेषता

फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेको अघिल्लो दिन, फेब्रुअरी १३ लाई ‘किस डे’ का रूपमा मनाइन्छ। यो दिन प्रेमी जोडीहरूले एक-अर्कालाई चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन्। चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ र यसले सम्बन्धलाई झन् गहिरो बनाउने विश्वास गरिन्छ। साथै, चुम्बनले तनाव तथा डिप्रेसन हटाउन सहयोग गर्ने भएकाले यो स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय