काठमाडौं — रक्षामन्त्री मानवीर राई चढेको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ।

प्रत्यक्षदर्शीका अनुसार, मन्त्रीको गाडीलाई पछ्याइरहेको सुरक्षाकर्मीको गाडी एक्कासी रोकिँदा, मन्त्रीको गाडीले अगाडि रहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार— मन्त्रीको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको पुष्टि भएको छ। उनले भने, “मन्त्रीज्यू चढेको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको रहेछ, उक्त गाडीले मन्त्रीज्यूलाई सिंहदरबार पुर्‍याएर अहिले छलफलका लागि चालकसहित गाडी त्यहीँ पुर्‍याइएको छ।”

मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय