
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ।
रामप्रसाद तिमल्सिनालाई इलाका प्रहरी कार्यालय दमक पठाइएको छ। दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि उक्त पद रिक्त भएको थियो।

त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ। काठमाडौँको अपरेशन कमाण्डरका रूपमा कार्यरत पवन भट्टराई बढुवा भएपछि उनको ठाउँमा तिवारीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



