काठमाडौं — अभद्र व्यवहारको मुद्दामा पक्राउ परेकी कथित अभियानकर्मी आशिका तामाङलाई भेटेपछि रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार प्रतिक्रिया जनाएकी छन्।

भक्तपुरको जगाती वृत्तमा तामाङलाई भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “उहाँको तरिका अराजक छ, तर त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्बित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुन सकेको छैन? सबै वृत्तान्तको भिडिओ आफैंले पोस्ट गरेकी छिन्। विभिन्न जिल्लामा जाहेरी दिने को हो? अरु जाहेरीमा पनि यही रफ्तारमा कारवाही हुन्छ?”

श्रेष्ठले राज्यसँग केही प्रश्नसमेत उठाएकी छन्। उनले थप लेखेकी छन्, “यो त सरासर ‘हाम्रो विरोध गर्छस्, पख, देखाइदिन्छु’ भनेको होइन? योभन्दा गम्भीर घटना— शिक्षालयमा तालाबन्दी तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।”

उनको यो टिप्पणीले सामाजिक सञ्जालमा थप बहस निम्त्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय