
काठमाण्डौं— अमला शरीरका लागि विशेषगरी कपाल र छालाका साथै सम्पूर्ण स्वास्थ्यका लागि अत्यन्त लाभदायक फल हो। पाँच हजार वर्षअघिदेखि विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ। भिटामिन र मिनरल्सको राम्रो स्रोत भएकाले यसले शरीरमा अनेकौं फाइदा पुर्याउँछ।
अमलाका प्रमुख फाइदाहरूः—
1. भिटामिन सीको भरपूर स्रोत
अमला भिटामिन सीको उत्कृष्ट स्रोत हो, जसले रुघाखोकीबाट बचाउनुका साथै मुटु रोग र क्यान्सरको जोखिम घटाउँछ। यसले गिजाबाट रगत बग्ने समस्यामा पनि राहत प्रदान गर्छ।
2. कोलेस्ट्रोल घटाउने क्षमता
अमलाले शरीरबाट खराब कोलेस्ट्रोल (LDL) हटाउन सहयोग गर्छ, जसका कारण मुटु स्वस्थ रहन्छ। स्वस्थ आहार अपनाउने सोच बनाउँदै हुनुहुन्छ भने आफ्नो खानामा अमला समावेश गर्नुहोस्।
3. पाचन क्रिया सुधार गर्छ
अमलाको तितो र अमिलो स्वादले पाचन इन्जाइम सक्रिय बनाउँछ। यसमा प्रशस्त फाइबर पाइने भएकाले पाचन समस्याबाट ग्रस्त व्यक्तिहरूका लागि यो वरदान साबित हुनसक्छ। साथै, यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट सफा गर्न पनि सहयोग गर्छ।
4. कपालको सौन्दर्यमा उपयोगी
अमला कपाललाई स्वस्थ, बाक्लो, लामो र चम्किलो बनाउन मद्दत गर्छ। हेयर केयरका लागि यसको प्रयोग अनिवार्य मानिन्छ।
5. शरीरलाई डिटक्स गर्ने एन्टिअक्सिडेन्ट शक्ति
अमलामा रहेका पोलिफेनोल्सले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ, जसले शरीरलाई स्वस्थ राख्छ।
6. प्रतिरोधी क्षमता वृद्धि गर्छ
अमलाले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकीजस्ता साना समस्याबाट सजिलै बच्न सकिन्छ।
7. स्वस्थ छालाका लागि फाइदाजनक
कलेजोमा खराबी आउँदा छालामा विभिन्न समस्या देखिन्छ। अमला एन्टिअक्सिडेन्टयुक्त भएकाले कलेजो सफा गर्न मद्दत गर्छ, जसले छालालाई स्वस्थ र उज्यालो बनाउँछ।
8. डाइटिङका लागि प्रभावकारी
अमलामा फ्याटको मात्रा अत्यन्त कम हुन्छ, जसले तौल घटाउन चाहने व्यक्तिहरूका लागि लाभदायक हुन्छ। यसले मेटाबोलिजम वृद्धि गरी शरीरमा संचित फ्याट घटाउन मद्दत गर्छ।
9. पौष्टिक रूपमा भरपुर
कम क्यालोरीयुक्त भए पनि अमलामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ। १०० ग्राम अमलामा करिब ६० क्यालोरी हुन्छ। यसमा भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट, र डायटरी फाइबर प्रचुर मात्रामा पाइन्छ।

नियमित रूपमा अमला सेवन गरेमा स्वास्थ्यलाई धेरै फाइदा पुग्ने भएकाले यसलाई दैनिक आहारमा समावेश गर्नुपर्छ।



