
धनगढी – सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेका छन्।
साँझ साढे ८ बजे सेन्ट्री कोत गारदमा ड्युटीमा खटिएका बेला उनले आफ्नो एसएलआर राइफलबाट दाहिने कानभन्दा माथि गोली चलाएका हुन्।

गम्भीर घाइते भएका बिष्टको अवस्थाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमेशराज जोशीले जानकारी दिएका छन् ।



