काठमाण्डौं – मेलुङ गाउँपालिका–१ पवटीको रमाईलो चोकमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षक (असई) शिवहरी अधिकारीको कमाण्डमा ५ जना प्रहरी रहने पोष्टको आज उद्घाटन गरिएको हो।

प्रहरी पोष्टको उद्घाटन मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले गरेका हुन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको यो पोष्टले पवटी र आसपासका क्षेत्रको शान्ति सुरक्षामा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, र स्थानीयको उपस्थिति थियो। मेलुङ गाउँपालिकामा पवटीसहित अब तीन स्थानमा प्रहरी पोष्ट सञ्चालनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय