
काठमाण्डौं – सामुदाय – प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा एआइजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।


अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिनुभयो ।




