
काठमाण्डौं । ईलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा प्राकृतिक विपत्तिको समयमा विपद व्यवस्थापन लगायतका विषयहरुमा प्रहरी कर्मचारीहरुद्वारा सम्पादित कार्यहरुलगायतका कार्यहरुको सम्बन्धमा व्यवसायिक ज्ञानहरु आदानप्रदान, व्यक्तिगत पिरमर्काहरुको सम्बोधन, आमनागरिकहरुको आशा एवँ भरोसाको केन्द्र नेपाल प्रहरीद्वारा प्रवाह गरीने सेवालाइ थप चुस्त, दुरुस्त, नागरिक मैत्री एवँउत्कृष्ट बनाउने लगायतको विषयहरुमा प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख, प्रहरी उपरीक्षक श्री बशुन्धरा खड्काज्यूको प्रमुख आतिथ्यता तथा ईप्रका मंगलटारका कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको अध्यक्षतामा मातहतमा कार्यरत प्रहरीकर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सोहि अवसरमा प्रहरी कर्मचारी उत्प्रेरणा अभिवृद्दि कार्यक्रम अन्तरगत प्राकृतिक विपत्ति लगायतको समयमा अहोरात्रखटिइ उत्कृष्ट कार्यसम्पादन गरेकोमा NIC Asia Bank सँगको सहकार्यमा मंगलटार कार्यालय तथा मातहतमाकार्यरत प्रहरी कर्मचारीहरुलाइ ट्रयाक सुट समेत वितरण गरिएको इन्स्पेक्टर कृष्ण गिरिले जानकारी दिनु भयो ।
फोटो फिचर —




