काठमाण्डौं। जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी  गाउँपालिमा रहेको हाटसिञ्जा ईलाका प्रहरी चौकीमा कार्यरत ५१ बर्षिय प्रहरी सहायक निरीक्षक रावलको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार डयूटिमा रहेका रावल विरामी भएका थिए । बाजुराको त्रिवेणी नगरपालिका –१ भूगोचोला स्थायी घर भएका रावलको ्शनिवार राति उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो ।

उपचारको क्रममा रावलको प्रतिष्ठानमा आईतवार निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय