
माधव पौडेल — रुपलाल बिक बचाउ अभियान अन्तर्गतको ७८ घण्टे अभियानबाट सङ्कलन भएको रु १६००२५, अक्षरुपी एक लाख साठि हजार पच्चिस रुपैयाँ रुपलाल बिककी श्रीमती शान्ता बिक हस्तान्तरण गरेको छु।
पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकको वडा कार्यालयमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको छु। सो कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रकान्त पौडेल, वडा सदस्य गोविन्द पेग्नि , प्रहरी चौकी खिदिम का असइ टेकबहादुर ठाडा मगर, प्रहरी चौकी फिदिम कहाँ हवलदार वीरेन्द्र चौहान,
पर्यटन समाजका सचिव केशव बन्जाडे साथै समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
मेरो यो अभियान सफल बनाउनको लागि देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगी मनहरूप्रति आभार प्रकट गर्न चाहन्छु। तपाईहरुले गरेको यो सहयोग माया अनि स्नेह लाई मैले कहिले पनि विश्वासघात गर्ने छैन। मेरा हरेक अभियानहरूमा यहाँहरूको साथ अनि सहयोगको अपेक्षा राखेको छु।




