काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । यसअघि गृहमन्त्री रमेश लेखकले तस्बिर सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।
लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए । तर आफूलाई रास्वपाकै ‘एक शुभचिन्तक’ बताउने चिकित्सक निकोलस भुसालले तस्बिर सार्वजनिक गरेको जिम्मा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय