
काठमाण्डौं। साइबर अपराधसम्बन्धी उजुरीका आधारमा जानुका पाठक (सोभा पाठक) पक्राउ परेकी छिन्। धादिङकी पाठकलाई जिल्ला अदालत काठमाडौँको परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पाठकले सामाजिक सञ्जालमा अपमानजनक शब्दावली प्रयोग गरी लेख्ने गरेको आरोप लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। यसअघि उनले एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार र भ्रुण हत्या आरोपसहित उजुरी दर्ता गराएकी थिइन्।

नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र हुन थालेपछि स्वेच्छिक रूपमा प्रहरी समक्ष उपस्थित भएको बताएका छन्। पाठकले पनि गिरफ्तारीलाई षड्यन्त्रको रूपमा चित्रण गर्दै आफ्नो बचाउमा कुरा राखेकी छिन्।



