काठमाण्डौं। काभ्रेमा ५५९.७ ग्राम अथार्त ४७.९८४ तोला सुनसहित दुई जना युवा पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत इन्स्पेक्टर प्रशान्त तामाङको कमाण्डमा गएको प्रहरी टोलीले काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको बाग्मती B AD ८६०१ नं.को निलोरंगको टक्सन कारलाई चेकजाचॅ गर्ने क्रममा रोशी गाउँपालिका बस्ने ३७ बर्षिय बसन्तकुमार लामा सोही कारमा सवार रामेछापका अमृत श्रेष्ठलाई उक्त परिणामको चारपाते सुनको ढिक्का, सुनकोसिक्री र एउटा कार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिन बहादुर घलेले जानकारी दिनुभयो।

उनिहरूको साथबाट पक्राउ परेको सुनको आजको बजार भाउ – एकहत्तर लाख त्रियासी हजार चारसय उनानसत्तरी रुपैया पैसठ्ठी पैसा) रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनिहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको समेत डिएसपी  घलेले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय