
काठमाडौं । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू आयोगले तयार गरेको छ।
उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका छन्। स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्।उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइट मा राखिएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन ।

उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आह्वान गरिएको छ ।



