
काठमाडौं। नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ ।
खनाल र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकोछ ।

सुदूरपश्चिम मात्र नभइ देशका शान सामाजिक अभियन्ता खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिकशाहले बताउनु भएको छ ।
खनाल क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छताअभियानमा स्थानिय निकायसँग सहकार्य गर्न सक्रिय रहेका युवा हुन् ।
आफु पनि सुदूरपश्चिमकै भएको रोयल्ससँग जोडिन पाउँदा खुसी लागेको खनालको भनाई छ ।




