काठमाडौं। प्राकृतिक विपत्तीलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले अबका ३ दिन नियमित भाडामै उडान गर्ने भएका छन्। वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नियमित भाडामै जहाज उडान गर्ने सहमती गरेको जानकारी दिए।

आइतबार एयरलाइन्सले सरकारले नै निर्धारण गरेको अधिकतम मूल्य राखेर उडान गरेपछि चौतर्फि विरोध भएको थियो। बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अबरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफलमा बोलाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय