
काठमाडौं : आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ।
विपदका घटना बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो।

शुक्रबारदेखी आइतबारसम्म ४ दिन मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ। बंगालको खाडी र अरब सागरतिर बाट उच्च जलवाष्प युक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो।



