काठमाडौं । अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते बुधबार (अक्टोबर २) तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तूती दिने भएका हुन् ।

उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ । एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शु:ल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए ।दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड अर्मान मल्लिक इण्डियन आइडल पवनदीप लक्कि अली बाबा सेहगल लगायतका धेरै गायकहरूले प्रस्तुती दिई सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय