
काठमाण्डौं। ललितपुरको भैंसेपाटीमा एक युवक होस्टल भित्र मृत फेला परेका छन्।
ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनी शनिबार बेलुकी ८ बजेतिर होस्टल भित्र आफ्नै बेडमा मृत फेला परेको एसपी सुवेदीले सुरक्षा सरोकारलाई बताए।
उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


