
खोटाङ । सार्वजनिक स्थान तथा सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण गर्ने उद्देश्यले ‘Safety-Pin Campaign’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यालयको पहलमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत सार्वजनिक सवारीसाधन प्रयोग गर्ने यात्रुहरूलाई यौनजन्य दुर्व्यवहारको सामना गर्नुपरेमा अपनाउनुपर्ने कानुनी तथा सुरक्षासम्बन्धी उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा प्रहरीले यस्ता घटना भएमा तत्काल प्रहरीको आपतकालीन नम्बर १०० वा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको हेल्पलाइन १०४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, नजिकको प्रहरी चौकीमा तुरुन्त खबर गर्न पनि सचेत गराइएको थियो।
अभियानका क्रममा विभिन्न जनचेतनामूलक पोस्टर तथा पम्प्लेट वितरण गर्नुका साथै यात्रु, सवारीचालक र सहचालकलाई व्यवहारगत प्रशिक्षणसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक सवारी तथा भीडभाड हुने स्थानमा हुने दुर्व्यवहार नियन्त्रणका लागि समुदाय–प्रहरी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभियान आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने बताइएको छ।



