बुटवल — देशको शान्ति सुरक्षामा खटिरहेका प्रहरीहरूको लागि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले हातेमालो गरेको छ। संघको पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवलपरासीलाई ६० हजार रुपैयाँभन्दा बढी मूल्यको पुस्तक र खेलकुद सामग्री प्रदान गरेको हो।

शनिबारको समारोहमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा र उपसभापति प्रकाश भट्टराईले गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई सामग्री हस्तान्तरण गरेका थिए।

अध्यक्ष अर्यालले भने, “देशको सुरक्षा र शान्तिमा खटिएका प्रहरीहरूका लागि पुस्तक र खेलकुद सामग्री साथी बन्न सक्छन्, साथै पठन संस्कृतिको विकासमा पनि सहयोग पुग्नेछ।” समितिका सभापति शर्माले विगतमा गरिव तथा विपन्न बालबालिका, कारागारका कैदीहरूलाई पुस्तक वितरण गरेको अनुभव पनि साझा गरे।

नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपती उपरिक्षक मल्लले सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल भएको बताए। कार्यक्रममा जिल्ला फूटवल संघ नवलपरासीका अध्यक्ष ज्ञानु गुरुङ र प्रहरी सहायक निरीक्षक शम्भु नेपाल समेत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय