
काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले निर्णयहरू सार्वजनिक गर्दै जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार बैठकले मुख्य रूपमा निम्न निर्णयहरू गरेको छ:
१. राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल जापान भ्रमणमा: नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय।
२. नेपाल स्टक एक्सचेन्जको प्रतिवेदन सार्वजनिक: नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय।
३. नेपाल प्रहरीले रासन भत्ता वृद्धि: मिति २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय।



