
काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रोटरी क्लब अफ नागार्जुनले तीन थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको छ।
क्लबले उक्त सामग्री उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

रोटरी क्लब अफ नागार्जुनका प्रतिनिधिहरूले बताएअनुसार, यो सामग्री उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक प्रशासनिक कार्य, सूचना व्यवस्थापन र नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउने उद्देश्यका साथ उपलब्ध गराइएको हो।
उक्त कार्यक्रममा ट्राफिक प्रहरी र क्लबका प्रतिनिधिहरूले स्थानीय सुरक्षा र प्रशासनिक सेवाको गुणस्तर सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।



