काठमाडौँ । आफूखुशी गैरहाजिर रहेका १७ जना प्रहरी कर्मचारीलाई दप्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सम्बन्धित कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहेका कर्मचारीहरूको खोजतलास गरिँदा तथा सूचना टाँस गरिसक्दा पनि उनीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्। सोही कारण नियमअनुसार प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना हवल्दार, एक जना सहायक हवल्दार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

प्रहरी प्रधान कार्यालयले बाटोको म्याद बाहेक तोकिएको सात दिनभित्र गैरहाजिर हुनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए प्रचलित नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय