
काठमाडौं । ट्राफिक सप्ताह २०८२ को अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।
उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग सुकेधाराका प्रमुख सई लक्ष्मण विश्वकर्माको नेतृत्वमा गएको ट्राफिक प्रहरी टोलीले प्रहरी निरीक्षकसहित करिब १०० जना प्रहरी कर्मचारीहरूलाई लक्षित गरी ट्राफिक नियम, सडक अनुशासन तथा सवारी सुरक्षासम्बन्धी सचेतना कक्षा प्रदान गरेको हो

कार्यक्रममा सवारी दुर्घटनाको कारण, त्यसबाट बच्ने उपाय, ट्राफिक नियम पालना गर्ने महत्व तथा प्रहरी स्वयंले उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने विषयमा विस्तृत जानकारी गराइएको थियो। साथै, दैनिक सेवामा खटिँदा ट्राफिक नियमको पालना र नागरिकप्रति सकारात्मक व्यवहार आवश्यक रहेकोमा जोड दिइएको थियो।

ट्राफिक सप्ताह २०८२ लाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त सचेतना कार्यक्रमले प्रहरी कर्मचारीहरूबीच सडक सुरक्षाप्रति थप जिम्मेवारी र सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।



