काठमाडौँ — ट्राफिक सप्ताह–२०८२ को अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कद्वारा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गरी मस्कटसहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

नयाँ बसपार्क क्षेत्र वरपर आयोजित उक्त कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेल्मेट र सिट बेल्टको प्रयोग, तीव्र गतिका जोखिम, मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने लगायतका विषयमा सवारी चालक, सहचालक तथा पैदल यात्रुलाई जानकारी गराइएको थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीको मस्कट प्रयोग गरी सन्देश प्रवाह गरिएको थियो, जसले आम नागरिकको ध्यान आकर्षित गर्दै सहज र रमाइलो वातावरणमा ट्राफिक सचेतना फैलाउन सहयोग पुगेको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार शाहले ट्राफिक नियम पालना सबैको साझा दायित्व भएको उल्लेख गर्दै साना सावधानीले ठूला दुर्घटना रोक्न सकिने बताए।

ट्राफिक प्रहरीले ट्राफिक सप्ताह–२०८२ अन्तर्गत यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात संस्कृतिको विकासमा जोड दिइने पनि जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय