काठमाडौँ — नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी डिआईजी अभिनारायण काफ्लेले निर्वाचन सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सबै तयारी अगाडि बढाइएको जानकारी दिए। उनले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिने गरी सुरक्षाका सबै संयन्त्र परिचालन गरिने बताए।

प्रवक्ता काफ्लेका अनुसार मतदान पूर्वदेखि मतगणना सम्पन्न नहुन्जेलसम्म नागरिकको सुरक्षा, मतदाताको स्वतन्त्र मताधिकारको संरक्षण तथा निर्वाचन मर्यादा कायम राख्न नेपाल प्रहरीले निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछ।

उनले नागरिकलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्दै, कुनै पनि किसिमको डर, त्रास वा अव्यवस्थाजन्य गतिविधि देखिए तत्काल नजिकको प्रहरी निकायमा जानकारी गराउन अनुरोध गरे।

नेपाल प्रहरीले निर्वाचन सफल बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था गरिएको समेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय