काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो।

अभियानका क्रममा सवारी चालक, सहचालक, पैदलयात्री तथा सर्वसाधारणलाई लक्षित गरी ट्राफिक नियम पालना, सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका उपायबारे सचेतना प्रदान गरिएको थियो। मुख्य सडक, चोक तथा सार्वजनिक स्थानमा प्रत्यक्ष संवाद, जानकारीमूलक सन्देश र परामर्शमार्फत नागरिकलाई सचेत गराइएको जनाइएको छ।

प्रमुख नवराज अधिकारीका अनुसार ट्राफिक सप्ताह केवल औपचारिक कार्यक्रम नभई सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण अभियान हो। उहाँले सुरक्षित यातायातका लागि सबै सडक प्रयोगकर्ताको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

ट्राफिक प्रहरीले अभियानलाई आगामी दिनहरूमा पनि निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय