
इटहरी — नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड इटहरी शाखामा कार्यरत कर्मचारीहरूका लागि ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
वर्ल्डलिंक शाखा कार्यालय इटहरीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सडक दुर्घटनाका सम्भावित जोखिम, दुर्घटना न्यूनीकरणका उपाय, सुरक्षित सवारी सञ्चालनका विधि, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको पालना सम्बन्धी विषयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष श्रेष्ठले प्रशिक्षण तथा अभिमुखीकरण दिनुभएको थियो।

कार्यक्रममा सहभागी कर्मचारीहरूलाई दैनिक जीवनमा ट्राफिक नियमको पालना र सडक सुरक्षा संस्कृतिको विकास गर्न सचेत गराउँदै, सुरक्षित यात्रा सबैको साझा दायित्व भएको कुरामा जोड दिइएको थियो।



