काठमाडौँ । जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बिहान अर्थ मन्त्रालयमा जेनजी युनाइटेडका संयोजक जनक परियारले उक्त ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको मर्मविपरीत तत्कालीन सरकारले स्वार्थ समूहको प्रभावमा परेर डा. पौडेललाई गभर्नर नियुक्त गरेको दाबी गरिएको छ। साथै, सरकारले गठन गरेको सिफारिस समितिले अधिकारको दुरुपयोग गर्दै ऐनले तोकेको प्रक्रिया उल्लङ्घन गरी पौडेललाई सिफारिस गरेको आरोप लगाइएको छ।

संयोजक परियारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा (२) को (क), (ख) र (ग) अनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरू वा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेका छन्।

तर उक्त कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै डा. पौडेललाई सिफारिस गरिएको दाबी गर्दै उनले ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्रीसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय