
काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारी सरकारमा मन्त्री बन्दै छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको नयाँ क्याबिनेटमा भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिन तयारी भएको स्रोतले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको बैतडीका भण्डारीसँगै यसपटक मन्त्रिपरिषद् विस्तारमा कुमार इङ्नाम, माधव चौलागाईं र श्रद्धा श्रेष्ठ पनि सहभागी हुनेछन्।

सरकारले श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको छ।
प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे निर्धारित गरिएको छ।




