रूपन्देही – शुद्धोधन गाउँपालिका–५ मानपकडीस्थित गाउँपालिका सभाहलमा शुद्धोधन गाउँपालिका र इलाका प्रहरी कार्यालय छपियाको संयुक्त आयोजनामा लागु औषध दुर्व्यसनी विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय क्लब, भद्रभलादमी, बुद्धिजीवी, जनप्रतिनिधि तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरीक्षक अनिश बुढाथोकीले सहभागीहरूलाई लागुऔषधको जोखिम, नियन्त्रण र रोकथामबारे प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय