
काठमाण्डौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ। सरुवामा परेका उपसचिवमध्ये धेरैजसो स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (CAO) रहेका थिए।
मन्त्रालयमै अतिरिक्त समूहमा रहेका ३ उपसचिवको पनि सरुवा गरिएको छ।

- उमेशराज रिमाल पर्सा जिल्ला समन्वय समिति कार्यालयमा,
- शेरबहादुर पुन गृह मन्त्रालयमा,
- ईश्वरप्रसाद आचार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्।
त्यसैगरी, उपसचिव केशवप्रसाद रिजाल र उपसचिव शिवहरि पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै सरुवा गरिएको हो। यी दुवै जना हाल उदयपुर र सप्तरीका पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।
तेह्र उपसचिवमध्ये बाँकी सबैलाई विभिन्न स्थानीय तह र जिल्ला समन्वय समितिहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, १८ शाखा अधिकृतको सरुवा पनि एकैपटक गरिएको छ। प्रसौनी गाउँपालिका (बारा) का अधिकृत तथा अर्घाखाँचीका तुलसीराम पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको छ।



