
काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को नाम प्रयोग गर्दै १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने घटना सार्वजनिक भएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।
उक्त समूहका अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले केही दिनअघि उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए। धम्की प्राप्तकर्तामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायत रहेका छन्।

प्रहरीले घटनाबारे गहिरो अनुसन्धान गर्दैछ र थप विवरणहरू सार्वजनिक गर्ने तयारीमा छ।



