
काठमाण्डौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बुधबार) पक्राउ गरेको छ। आयोग स्रोतका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णयसँगै अधिकारीसहित संलग्न अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको हो।
साथै भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले छानबिनको लागी पक्राउ गरेको छ। नलिन्चोकमा क्यानको ३२ रोपनी जग्गामा वातावरणीय प्रभाव मूल्यांकन बिना गरिएको निर्माणका सम्बन्धमा दायर उजुरीपछि अख्तियारले अनुसन्धान गर्दै आएको थियो।




