काठमाडौं । जेनजी आन्दोलनपछि कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिरमध्ये प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन्।

यीमध्ये दुई जना बाहेक अरु सबै आन्दोलनपछि कार्यालयको सम्पर्कमै नआएको कार्यालयले जनाएको छ।

कार्यालयले हाजिर हुने क्रममा गैरहाजिर हुनुपर्ने कारण स्पष्ट र सन्तोषजनक रुपमा पेश गर्न निर्देशन दिएको छ।

त्यसो नगरे कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय